माघ
१६, काठमाडौँ । निरन्तर तेस्रो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ।
साताको पहिलो कारोबार दिन आइतबारदेखि बढेको बजारले यस दिन पनि सोही क्रमलाई
निरन्तरता दिएको हो।
मंगलबार नेप्से परिसूचक
१४.८८ अंक(०.७० प्रतिश)ले बढेर २११९.६१ विन्दुमा बन्द भएको छ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । यस दिन ३०८
स्टकको १ लाख १७ हजार पटकको कारोबारमा ५ अर्ब ५४ करोड ४२ लाख रुपैयाँ बराबरको १
करोड ५१ लाख ७८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आज मंगलबार तीन स्टकको
शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन रावा इनर्जी डेभलपमेन्ट
लिमिटेड, चन्द्रागिरी हिल्स, समाज लघुवित्त वित्तीय
संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो भने यस दिन मिड सोलु
हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ८.३५ प्रतिशतले घटेको छ।
बिगतका दिन जस्तै कारोबार रकमका आधारमा यस दिन पनि
हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ।
१३ उपसमूहमध्ये यस दिन ४
उपसमूहको परिसूचक घटेको छ भने ९ उपसमूहको परिसूचक बढेको छ। यस दिन सर्वाधिक ३.५६ प्रतिशतले
अन्य उपसमूहको परिसूचक बढेको छ भने कारोबारमा आएको निर्जीवन बीमा, बैंकिङ्ग, वित्त, लघुवित्त र उपसमूहको
परिसूचक यस दिन घटेको हो।
- न्युज बहार संवाददाता