Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

६.१६ अंकले बढ्यो नेप्से

  •   २ वर्ष अघि | २३ पुस २०८१, मङ्लबार

पुस २३, काठमाडौँ । आज मंगलबार नेप्से परिसूचक सामान्य अंकल बढेको छ ।

यस दिन नेप्से परिसूचक ६.१६ अंकले बढेर २६४६.८४ विन्दुमा पुगेको छ।

यस दिन नेप्से बढेपनि कारोबार रकम भने घटेको छ। यस दिन बजारमा ३०५ स्टकको ६६ हजार ६२६ पटकको कारोबारमा ५ अर्ब ३८ करोड ४६ लाख ७२ हजार रुपैयाँबराबरको १ करोड २० लाख ८१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ३ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन न्यादी हाइड्रोपावर, सप्तकोशी डेभलपमेन्ट बैंक र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो भने यस दिन आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र दोल्ती पावर कम्पनीको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

यस दिन कारोबार रकमका आधारमा सिन्धु विकास बैंक शीर्ष स्थानमा रहेको छ। उक्त बैंकको यस दिन १६ करोड ९२ लाख ९६ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ।

आज कारोबारमा आएको १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ।

यस दिन सर्वाधिक २.६५ प्रतिशतले वित्त उपसमूहको परिसूचक बढेको छ । 

  • न्युज बहार संवाददाता

थप