भदौं ६, काठमाडौँ । नेप्से परिसूचक आज बिहिबार साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढेर बन्द भएको छ।
यस
दिन नेप्से सामान्य अंक बढेपनि ७ स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार
भएको छ।
बिहीबार
नेप्से परिसूचक ६.०१ अंक(०.२० प्रतिशत)ले बढेर २९७४.४६ विन्दुमा बन्द भएको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य बढेको छ। बजारमा यस दिन
३३३ स्टकको २ लाख १६ हजार ४५५ पटकको कारोबारमा १९ अर्ब १६ करोड ६ लाख रुपैयाँ
बराबरको ४ करोड ९ लाख ५१ हजार कित्ता शेयर खरिदबिक्री भएको हो
।
आज ७ कम्पनिको शेयर मुल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । आज तारागाउँ
रिजेन्सी होटल, नारायणी डेभलपमेन्ट लगायत कम्पनिको शेयर सकारात्मक
सर्किट लेभलमा कारोबार भएको हो।
बिहिबार सिद्धार्थ बैंकको ऋणपत्र भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
यस
दिन कारोबार रकमका आधारमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक शीर्ष स्थानमा रहेको छ। यस
दिन उक्त बैंकको १ अर्ब ३ करोड ९३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
आज
कारोबारमा आएको १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक
घटेको छ।
यस
दिन सर्वाधिक ४.५२ प्रतिशतले विकास बैंक उपसमूहको परिसूचक बढेको छ भने यस दिन
लगानी निर्जीवन
बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
- न्युज बहार संवाददाता