फागुन २, काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार शेयर बजार परिसुचक नेप्से ५.९१ अंक (०.२८ प्रतिशत)ले बढेको छ ।
बुधबार
नेप्से सामान्य अंकले बढेपनि कारोबार रकम भने घटेको छ। यस दिन ३०२ स्टकको ७४ हजार
६७५ पटकको कारोबारमा ४ अर्ब २५ करोड २७ लाख रुपैयाँ बराबरको १ करोड २३ लाख कित्ता
शेयर खरिदबिक्री भएको छ।
यसदिन ५ स्टकको शेयर
सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन बोटलर्स नेपाल (बालाजु), नेपाल फाइनान्स, समाज लघुवित्त वित्तीय
संस्था, पाँचथर पावर कम्पनी र जोशी हाइड्रोपावरको
शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। आज कारोबारमा आएका दोर्दी खोला
जलविद्युत कम्पनी, एनआईसी एशिया ब्यालेन्स्ड फण्ड र पिपुल्स पावरको
शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।
यस दिन पनि कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स्
शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको यस दिन १७ करोड १७ लाख रुपैयाँ बराबरको शेयर
खरिदबिक्री भएको छ।
यस दिन १३ उपसमूहमध्ये ६
उपसमूहको परिसूचक घटेको छ भने ७ उपसमूहको परिसूचक बढेको छ । यस दिन सर्वाधिक ६.५६
अंक वित्त उपसमूहको परिसूचक बढेको छ भने यस दिन होटल तथा पर्यटन, बैंकिङ्ग, लगानी, जलविद्युत, जीवन बीमा र व्यापार
उपसमूहको परिसूचक घटेका हुन्।
- न्युज बहार संवाददाता