पुस १, काठमाडौँ । नेप्से परिसूचक करिब तीन महिनापछि २ हजार बिन्दु
माथि उक्लेको छ।
आइतबार साताको पहिलो कारोबार दिन नेप्से परिसूचक २७.७५ अंक(१.३९
प्रतिशत)ले बढेर २०२२.३५ विन्दुमा बन्द भएको छ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । आजको कारोबार रकम साढे ५
महिना यताकै उच्च भएको हो। आज बजारमा ५ अर्ब १५ करोड रूपैयाँको सेयर किनबेच भएको
छ।
यसदिन २ सय ९५ वटाको सेयर तथा ऋणपत्र कारोबार भएकोमा २ सय २६ वटाको
सेयर मूल्य बढेको छ। ७३ वटाको मूल्य भने घटेको छ।
आज हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सबैभन्दा धेरै रकमको कारोबार
भएको हो।
आज वाणिज्य
बैंकहरूको कारोबार सूचक भने घटेको छ। ८ अंकले बैंकिङ समूहको सूचक घटेको हो। त्यस्तै
आज सामूहिक लगानी कोष र व्यापार मुलक समूहगत परिसूचक पनि घटेको छ।
आज सबैभन्दा धेरै
५.५५ प्रतिशत (१२३ अंक)ले जलविद्युत समूहगत
परिसूचक वृद्धि भएको छ।
यस दिन १० प्रतिशतले १२ वटा कम्पनीको मूल्य बढेर
सर्किट ब्रेक लागेको छ। १० प्रतिशतले मूल्य बढेका १२ कम्पनीमा १० वटा कम्पनि जलविद्युत कम्पनी
रहेका छन्।
यो कम्पनीको मात्रै २५ करोड रूपैयाँको कारोबार भएको छ।
- न्युज बहार संवाददाता