Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

लगातार तेस्रो दिन घट्यो नेप्से, आज ५.३१ अंकको गिरावट

  •   २ वर्ष अघि | २१ माघ २०८०, आइतवार

माघ २१, काठमाडौँ । आइतबार साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ।

आइतबार नेप्से परिसूचक ५.३१ अंक( ०.२५ प्रतिशत)ले घटेर २०६१.७० विन्दुमा बन्द भएको छ।

यस दिन नेप्सेसँगै अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम पनि घटेको छ । बजारमा यस दिन ३०७ स्टकको ७० हजार ७९० पटकको कारोबारमा ३ अर्ब २१ करोड ६७ लाख रुपैयाँ बराबरको ९२ लाख ७२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। 

नेप्से घट्दा पनि यस दिन युनिक नेपाल लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने ५ प्रतिशतभन्दा बढी महिला लघुवित्त र रावा इनर्जीको शेयरमूल्य घटेको छ।

यसदिन पनि बिगतका केही दिन जस्तै कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ।

यस दिन कारोबारमा आएका १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ।

आज निर्जीवन बीमा, विकास बैंक, वित्त, लगानी उपसमूहको परिसूचक बढेको छ भने सर्वाधिक १.०४ प्रतिशतले अन्य उपसमूहको परिसूचक घटेको छ।

  • न्युज बहार संवाददाता

थप