कार्तिक
१२, काठमाडौँ । सेयर बजार दशैँ बिदा पछी आज आइतबारबाट खुलेको हो । लामो विदापछि सेयर
बजार खुलेको पहिलो दिन नै घटेको छ। आज नेप्से परिसूचक दोहोरो अंकले घटेको हो। यस
दिन नेप्से परिसूचक २८.१८ अंक(१.४८ प्रतिशत)ले घटेर १८७५.६५ विन्दुमा बन्द भएको छ ।
आज
नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। आज २८३ वटा सेयरको ३४ हजार ९० पटकको किनबेचबाट
७४ करोड २९ लाख रूपैयाँको कारोबार भएको हो।
आज नेप्सेमा आइतबारबाटै
कारोबारमा आएको सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको सेयरमूल्य सर्वाधिक १०
प्रतिशतले घटेको छ भने अप्पर सोलु हाइड्रो को सेयर सर्वाधिक ८.९९ प्रतिशतले बढेको
छ ।
आज बजारमा नेशनल हाइड्रोको सबै भन्दा धेरै कारोबार भएको छ । आज १३
वटा समूहगत परिसूचकमा सबै घटेका छन्।
- न्युज बहार संवाददाता