Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

नेप्सेमा ८.७१ अंकको गिरावट, कारोबार रकम भने बढ्यो

  •   ३ वर्ष अघि | १९ पुस २०८०, बिहिबार

पुस १९, काठमाडौँ । साताको अन्तिम कारोबार दिन अर्थात बहिबार नेप्से परिसूचक घटेर बन्द भएको छ। यस दिन अन्तिम समयमा बिक्रीचाप बढ्न थालेपछि नेप्से परिसूचक ८.७१ अंक( ०.४२ प्रतिशत)ले घटेर २०४९.२८ बिन्दुमा बन्द भएको छ ।

यस दिन नेप्से घटेपनि कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा बढेको छ। यस दिन ३०३ स्टकको १ लाख ८ हजार ४०३ पटकको कारोबारमा ५ अर्ब ५८ करोड रुपैयाँ बराबरको १ करोड ६० लाख ५२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज नेप्सेमा ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सिंगटी हाइड्रो इनर्जी,  कालिका पावर कम्पनी, मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयर हाउजिङ्ग कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो भने यस दिन सर्वाधिक ६.५६ प्रतिशतले सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको शेयरमूल्य घटेको छ।

यस दिन नेप्सेमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको सर्वाधिक कारोबार भएको छ ।

यस दिन ३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचक घटेको छ।

आज सर्वाधिक २.३४ प्रतिशतले व्यापार उपसमूहको परिसूचक बढेको हो भने जलविद्युत र लगानी उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढी बढेको छ।

आज सर्वाधिक ३.७० प्रतिशतले अन्य उपसमूहको परिसूचक यस दिन घटेको छ।

 

  • न्युज बहार संवाददाता

थप