साउन ३१, काठमाडौँ । नेप्से परिसूचक लगातार तेस्रो दिनपनि घटेको छ।
यस तीन
दिनमा नेप्से परिसूचक ५५.७२ अंक (०.९९ प्रतिशत)ले घटेको छ।
आज
साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक २०.३१ अंकले घटेर २०२५.१२ बिन्दुमा
बन्द भएको छ।
आज
नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
यस दिन
२६९ वटा धितोपत्रको ४८ लाख ३८ हजार १०६ कित्ता सेयर किनबेचबाट १ अर्ब ६७ करोड ९९
लाख ८० हजार ६२३ रुपैयाँको कारोबार भएको छ ।
यस दिन सनराइज
फोकस्ड इक्विटी फण्डको इकाइमूल्य सर्वाधिक ४ प्रतिशतले बढेको छ भने सेयर मूल्य
सर्वाधिक घट्नेमा माउन्टेन हाइड्रो नेपाल रहेको छ।
आज नेप्सेमा हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार भएको छ।
यस दिन
कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घटेको छ ।
आज जलविद्युत समूहको परिसूचक सर्वाधिक (१.८५ प्रतिशतले) घटेको छ।
- न्युज बहार संवाददाता