असोज २, काठमाडौँ । बुधबार साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। नेप्से यस दिन सामान्य अंकले घटेर बन्द भएको हो।
आज नेप्से परिसूचक ४ अंक घटेर २५७६.७६ विन्दुमा बन्द भएको छ।
बजारमा कारोबार रकम केही दिनदेखि घट्दो क्रममा छ । यस दिन ३२० स्टकको ८० हजार
३७८ पटकको कारोबारमा ५ अर्ब ६६ करोड ९१ लाख रुपैयाँ बराबरको १ करोड ३९ लाख ५२ हजार
कित्ता शेयर खरिबिक्री भएको छ।
यस
दिन सर्वाधिक ८.०८ प्रतिशतले कालिका लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य बढेको छ
भने कारोबारमा आएको गुडविल फाइनान्सको शेयरमूल्य सर्वाधिक ६.७७ प्रतिशतले घटेको छ।
यस दिन कारोबार रकमका
आधारमा सिईडिबी हाइड्रोपावर एण्ड डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रहेको छ। उक्त
कम्पनीको आज २० करोड ५८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
आज
कारोबारमा आएको१३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक
घटेको छ। यस दिन०.७६ प्रतिशतले बैंकिङ्ग उपसमूहको परिसूचक बढेको छ भने। सर्वाधिक
२.६८ प्रतिशतले वित्त उपसमूहको परिसूचक घटेको छ।
- न्युज बहार संवाददाता