जेठ २२, काठमाडौँ। साताको दोस्रो कारोबार अर्थात सोमबार सेयर बजार परिसूचक नेप्से घटेर बन्द भएको छ।
अघिल्ला दुई कारोबार दिन दोहोरो अंकले बढेर बन्द भएको नेप्से यस दिन घटेर बन्द भएको छ।
आज नेप्से परिसूचक १७.३८ अंकले घटेर १९०१.९९मा रोकिएको छ। यो घटाई ०.९१ प्रतिशत हो।
यस्तै सेन्सेटिभ इन्डेक्स समेत आज २.८८ अंकले घटेको छ। आज नेप्सेमा १ अर्ब ९७ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
बजारमा आज २७७ स्टकको ३६ हजार ५६८ पटक कारोबार भएको छ।
- न्युज बहार संवाददाता