Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

१७.२३ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

  •   ३ वर्ष अघि | ११ पुस २०८०, बुधबार

पुस ११, काठमाडौँ । निरन्तर तेस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ।

आज बुधबार नेप्से परिसूचक १७.२३ अंक (०.८२ प्रतिशत) ले घटेर २०७०.८४ विन्दुमा बन्द भएको छ।

यस दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। यस दिन नेप्सेमा ३०७ स्टकको १ लाख १७ हजार ४७६ पटकको कारोबारमा ५ अर्ब २४ करोड ८७ लाख ८२ हजार रुपैयाँ बराबरको १ करोड ४३ लाख ३७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन नेप्से परिसूचक घटेपनि ७ स्टकको शेयर मुल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन इन्फिनिटी लघुवित्त, नेपाल इन्स्योरेन्स, नेपाल वेयर हाउजिङ्ग, मनकामना इन्जिनियरिङ्ग, चिरख्वा हाइड्रोपावर, मुक्तिनाथ कृषि कम्पनी र भिजन लुम्बिनी उर्जाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। आज हिमालयन हाइड्रोपावर र बिपिडब्लु लघुवित्तको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

यस दिन कारोबार रकमका आधारमा सोनापुर मिनरल्स एण्ड आयल शीर्ष स्थानमा रहेको छ।

यस दिन १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक घट्दा २ उपसमूहको परिसूचक भने बढेको छ ।

यस दिन निर्जीवन बीमा र म्युचुअल फण्ड उपसमूहको परिसूचक बढेको हो। आज सर्वाधिक २.३२ प्रतिशतले व्यापार उपसमूहको परिसूचक घटेको छ। 

  • न्युज बहार संवाददाता

थप