कार्तिक
३, काठमाडौँ । कात्तिक १६ गतेदेखि भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले सर्वसाधारणका
लागि आइपिओ निष्कासन गर्ने भएको छ।
कम्पनीले सर्वसाधारणका लागि कुल
२० लाख ७५ हजार २८५ कत्ता आइपिओ निष्कासन गर्न लागेको हो।
कम्पनीको आइपिओमा न्यूनतम १०
कित्तादेखी अधिकतम ३ लाख ८० हजार कित्ता सेयरका लागि कात्तिक २० गतेसम्म आवेदन दिन
सकिनेछ।
इन्फोमेरिक्स क्रेडिट रेटिङ
नेपालले यस कम्पनीलाई 'आइआरएन
डबल बी इस्युअर रेटिङ' प्रदान
गरेको छ। यसको अर्थ कम्पनिको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको भन्ने
बुझिन्छ।
मुक्तिनाथ क्यापिटल लिमिटेड कम्पनीको
सेयर निष्कासन तथा बिक्री प्रबन्धक रहेको छ ।
यस
कम्पनीको आइपिओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका
सम्पूर्ण सी–आस्बा
सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस
एण्ड क्लियरिङ लिमिटेडले निर्माण गरेको सफ्टवेयर 'मेरो सेयर' अनलाइन प्रणालीमार्फत् आवेदन दिन
सक्नेछन्।
- न्युज बहार संवाददाता