जेठ ४, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सेयर बजारका लगानीकर्ताहरुले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रकृयालाई तत्कालै अगाडि बढाउन माग गरेका छन् ।
लगानीकर्ताहरुको समुहले वर्षौंदेखि उठाउँदै आएका र अर्थतन्त्रको भलो हुने विषयलाई कार्यन्वनयको अन्तिम चरणमा अबरुद्ध पार्दा केही स्वार्थ समूहको भलो भए पनि समग्र अर्थतन्त्र र लगानीकर्ताहरुको भलो नहुने भनाइ राखेका छन ।
लगानीकर्ताहरूले कुनै पनि बहानामा बजार सुधारको प्रक्रियालाई अवरुद्ध गर्न खोजे लाखौं लगानीकर्ताहरु आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी समेत दिएका छन् ।
- न्युज बहार संवाददाता