Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम कती ?

  •   ३ वर्ष अघि | १६ साउन २०८०, मङ्लबार

साउन १६, काठमाडौँ  । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।

मंगलबार नेप्से परिसूचक २८.५९ अंक (१.३८ प्रतिशत) ले घटेर २०७७.५८ बिन्दुमा बन्द भएको छ।

अघिल्लो दिनको तुलनामा आज कारोबार रकम भने बढेको छ।

यस दिन २६२ वटा धितोपत्रको ६० लाख १५ हजार ६७ कित्ता सेयर किनबेचबाट १ अर्ब ९२ करोड ४४ लाख ३४ हजार ८९९ रुपैयाँको कारोबार भएको छ।

यस दिन सुपर मादी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ४.६० प्रतिशतले बढेको छ भने सेयर मूल्य सर्वाधिक घट्नेमा किसान लघुवित्त रहेको छ। 

आज नेप्सेमा अपर तामाकोशी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएको म्युचुअल फण्ड समूहको परिसूचक ०.३५ प्रतिशतले बढेको छ भने बाँकी १२ वटा सबै समूहको परिसूचक घटेको छ।

आज निरर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक २.४७ प्रतिशतले घटेको छ।

  • न्युज बहार संवाददाता

थप