मंसिर २७, काठमाडौँ । आजदेखि हिमालयन रि इन्स्योरेन्सको आईपीओमा आवेदन दिन सकिने छ । प्रिमियम मूल्यमा यस कम्पनीले आजदेखि आईपीओ निष्काशन गर्न लागको हो ।
अंकित मूल्य एक
सय रुपैयाँमा थप एक सय ६ रुपैयाँ थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा कम्पनीले आईपीओको
बिक्री खुला गरेको हो । यस कम्पनिको आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि
अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन पाउने छन् ।
कम्पनीले
आइपिओ निष्कासनका लागी गराएको रेटिङमा इक्रा नेपालले 'इक्रा एनपी इस्युअर रेटिङ ए' प्रदान गरेको छ। यस्तो रेटिङले कम्पनीको
वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त रुपमा सुरक्षित रहेको जनाउँछ।
एनएमबी
क्यापिटल लिमिटेड कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक रहेको छ।
यस कम्पनीको
आइपिओमा लगानिकर्ताहरुले आज बिहान १० बजेदेखी नेपाल धितोपत्र बोर्डबाट स्वीकृति
प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका
शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर 'मेरो सेयर' अनलाइन प्राणालीमार्फत् आवेदन दिन सक्नेछन्।
- न्युज बहार संवाददाता