Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

११.६६ अंकले बढेको नेप्सेमा हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार

  •   २ वर्ष अघि | ११ फाल्गुन २०८१, आइतवार

फागुन ११, काठमाडौँ । आइतबार साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। आइतबार नेप्से परिसूचक ११.६६ अंकले बढेर २७५५.४० विन्दुमा बन्द भएको हो ।

यस दिन नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। बजारमा यस दिन ३२८ स्टकको १ लाख ८ हजार ९१३ पटकको कारोबारमा ११ अर्ब ५४ करोड ८३ लाख ३७ हजार रुपैयाँबराबरको २ करोड १२ लाख ६ हजार कित्ता शेयर खरिदबिक्री भएको हो ।

यस दिन गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने यस दिन रिभर फल्स पावरको शेयरमूल्य सर्वाधिक ७.२४ प्रतिशतले घटेको छ।

यस दिन कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको यस दिन ९५ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज कारोबारमा आएको १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ।

यस दिन सर्वाधिक ३.७२ प्रतिशतले अन्य उपसमूहको परिसूचक बढेको छ भने व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.३२ प्रतिशतले घटेको छ।

  • न्युज बहार संवाददाता

थप