Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

नेप्सेमा उच्च दरको बृद्धी, कारोबार रकममा पनि उच्च बृद्धी

  •   २ वर्ष अघि | ९ माघ २०८१, बुधबार

माघ ९, काठमाडौँ । आज बुधबार नेप्से परिसूचक उच्च अंकले बढेको छ ।

यस दिन नेप्से परिसूचक ५२.३६ अंकले बढेर २६६५.४५ विन्दुमा बन्द भएको छ।

यस दिन नेप्सेसँगै कारोबार रकम पनि उच्च बृद्धी भएको छ। बजारमा यस दिन ३२२ स्टकको ९० हजार ६९६ पटकको कारोबारमा ९ अर्ब २० करोड ३० लाख ८८ हजार रुपैयाँबराबरको १ करोड ७६ लाख ९२ हजार कित्ता शेयर खरिदबिक्री भएको हो ।

आज बजारमा  दुई स्टक कर्पोरेट डेभलपमेन्ट बैंक र दोल्ती पावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सर्वाधिक ८.२१ प्रतिशतले कारोबारमा आएको बाराही हाइड्रोपावरको शेयरमूल्य घटेको छ।

यसदिन कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको यस दिन ६१ करोड ३६ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।

यस दिन कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक बढेको छ।

जसमध्ये सर्वाधिक ४.२४ प्रतिशतले अन्य उपसमूहको परिसूचक बढेको छ।

यस दिन बैंकिङ्ग, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

  • न्युज बहार संवाददाता

थप