जेठ
२, काठमाडौँ। आज मंगलबार सेयर बजार परिसुचक नेप्से सामान्य अंक बढेर बन्द भएको छ।
पछिल्लो ४ कारोबार दिनदेखि निरन्तर घटेको नेप्से यस दिन सामान्य अंक बढेर बन्द भएको हो।
यस दिन नेप्से परिसूचक ३.२९ अंक बढेर १८२१.६० विन्दुमा बन्द भएको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ०.०१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०९ अंक बढेको छ।
नेप्से सामान्य बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ७२ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २६९ स्टकको १८ हजार ८८९ पटकको कारोबारमा ६४ करोड १ लाख रुपैयाँ बराबरको २० लाख ६३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
- न्युज बहार संवाददाता