Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज पनि झिनो अंकले घट्यो नेप्से, सोनापुर मिनरल्सको सर्वाधिक कारोबार

  •   ३ वर्ष अघि | १२ मंसिर २०८०, मङ्लबार

मंसिर १२, काठमाडौँ । आज मंगलबार नेप्से परिसूचक २.१७ अंक (०.११ प्रतिशत)ले घटेर १८९४.५३ बिन्दुमा बन्द भएको छ।

आज नेप्से परिसूचकसँगै अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको छ।

यस दिन उक्त रकम घटेर सीमित भएको छ। 

यस दिन २९० वटा धितोपत्रको ४७ लाख २७ हजार ९०२ कित्ता सेयर किनबेचबाट १ अर्ब २८ करोड २ लाख २८ हजार ९७१ रूपैयाँको कारोबार भएको छ ।

आज बुद्धभूमी नेपाल हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९.९७ प्रतिशतले बढेको छ भने सेयर मूल्य सर्वाधिक ५.३३ प्रतिशतले घट्नेमा नारायणी डेभलपमेन्ट बैंक रहेको छ।

आज पनि बिगत दुइ दिन जस्तै सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये बाँकी सबै समूहको परिसूचक घट्दा वित्त, होटल्स तथा पर्यटन, जलविद्युत, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड समूहको परिसूचक भने बढेको छ ।

यसदिन सर्वाधिक ३.३३ प्रतिशतले होटल्स तथा पर्यटन समूहको परिसूचक बढेको छ।

  • न्युज बहार संवाददाता

थप