मंसिर
१३, काठमाडौँ । साताको चौथो कारोबार दिन अर्थात बुधबार नेप्से परिसूचक १७.९३ अंक (०.९४
प्रतिशत)ले घटेर १८७६.६० बिन्दुमा बन्द भएको छ।
बुधबार नेप्से परिसूचकसँगै अघिल्लो
दिनको तुलनामा कारोबार रकम पनि घटेको छ।
यस दिन २८५ वटा धितोपत्रको ३३
लाख ५९ हजार ६०१ कित्ता सेयर किनबेचबाट १ अर्ब १ करोड ४१ लाख ९५ हजार ५७५ रूपैयाँको
कारोबार भएको छ ।
यस
दिन नेप्सेमा विजय लघुवित्तको सेयर मूल्य सर्वाधिक ९.८८ प्रतिशतले बढो छ भने सेयर
मूल्य सर्वाधिक ९.९८ प्रतिशतले घट्नेमा बुद्धभूमी नेपाल हाइड्रोपावर रहेको छ। ।
आज
पनि विगत केही दिन जस्तै सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ ।
आज
कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये बाँकी सबै समूहको परिसूचक घट्दा अन्य
समूहको परिसूचक भने ०.१६ प्रतिशतले बढेको छ ।
यसदिन
सर्वाधिक २.१३ प्रतिशतले उत्पादन तथा प्रशोधन समूहको परिसूचक घटेको
- न्युज बहार संवाददाता