कात्तिक
७, काठमाडौँ । साताको चौथो कारोबार दिन नेप्से घटेर बन्द भएको छ । बुधबार नेप्से
सूचक २०.४१ अंकले घटेर २६४५.३९ विन्दुमा बन्द भएको हो ।
नेप्से
घटे पनि आज कारोबार रकम भने बढेको छ। यसदिन १ करोड ५७ लाख ४२ हजार ५१४ कित्ता शेयर
कारोबारबाट ६ अर्ब २७ करोड ८९ लाख ५१ हजार ८५३ रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।
यसदिन आइसिएफसी
फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने महुली लघुवित्तको
शेयरमूल्य सबैभन्दा धेरै ४.२८ प्रतिशतले घटेको छ ।
यसदिन आइसिएफसी
फाइनान्सको सर्वाधिक ४३ करोड ४४ लाख रुपैयाँको कारोबार भएको छ ।
आज कारोबारमा आएका १३
उपसमूहमा व्यापार र फाइनान्स बाहेक अन्य सबै उपसमूहको सूचक घटेको छ
आज १.७० प्रतिशतले बैंकिंग
उपसमूह घटेको छ।
- न्युज बहार संवाददाता