Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

अब ब्रोकर कम्पनी मार्फत् हुने कारोबारको विवरण सार्वजनिक रूपमा हेर्न सकिने

  •   १ वर्ष अघि | ८ साउन २०८२, बुधबार

साउन ७, काठमाडौँ । अब सार्वजनिक रूपमा ब्रोकर कम्पनी मार्फत् हुने कारोबारको विवरण पनि उपलब्ध हुने भएको छ। 

यस्तो जानकारी आफ्नो वेबसाइटमार्फत प्रकाशित गर्दै आएको मासिक तथा वार्षिक कारोबार प्रतिवेदनमा राखिने नेप्सेले जनाएको छ। 

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार अब यस्तो विवरणमा ब्रोकर (कारोबार सदस्य) अनुसारको खरिद तथा बिक्री रकम उपलब्ध हुने छ। 

आठ ब्रोकर कम्पनीमार्फत् एक खर्बभन्दा धेरै रकमको सेयर किनबेच भएको नेप्सेले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१८२ को बार्षिक प्रतिवेदनले देखाएको छ।

आठ मध्ये सबैभन्दा धेरै नासा सेक्युरिटिज मार्फत् सेयर कारोबार भएको देखिन्छ। 

यस ब्रोकरमार्फत् सो अवधिमा दुई खर्ब ५८ अर्ब रूपैयाँको सेयर कारोबार भएको हो।

  • न्युज बहार संवाददाता

थप