कार्तिक १४, काठमाडौँ । नेप्से परिसूचक आज मंगलबार १४.२९ अंक (.७६ प्रतिशत)ले घटेर १८६४.४० बिन्दुमा बन्द भएको छ।
आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
यस दिन उक्त रकम घटेर सीमित
भएको छ।
यस दिन २८६ वटा धितोपत्रको २२
लाख ५८ हजार १८७ कित्ता सेयर किनबेचबाट ५७ करोड १४ लाख ८३ हजार २७६ रुपैयाँ
कारोबार भएको छ ।
मंगलबार महुली लघुवित्तको सेयर
मूल्य सर्वाधिक ६.०५ प्रतिशतले बढेको छ भने सेयर मूल्य सर्वाधिक ९.९८ प्रतिशतले घट्नेमा
सोनापुर मिनरल्स रहेको छ।
यस
दिन सूर्यज्योति लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत
परिसूचकमध्ये सबै समूहको परिसूचक घटेको छ ।
आज सर्वाधिक १.४६ प्रतिशतले जीवन
बीमा समूहको परिसूचक घटेको छ।
- न्युज बहार संवाददाता