बैशाख २८, काठमाडौँ। साताको अन्तिम कारोबार दिन आज बिहिबार सेयर बजार परिसुचक नेप्से घटेर बन्द भएको छ।
अघिल्लो कारोबार दिन साढे २ अंक घटेर बन्द भएको नेप्से, यस दिन ३.३४ अंक घटेर १८३८.५९ विन्दुमा बन्द भएको हो।
आज सेन्सेटिभ इण्डेक्स ०.७१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२६ अंक घटेको छ।
आजको कारोबारमा नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ५८ करोड ९१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो भने आज ५७ करोड ८४ लाख रुपयाँ बराबरको भएको छ।
- न्युज बहार संवाददाता