Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

नेप्सेमा ३५ अंकको बृद्धी, कारोबार रकम एक वर्ष यताकै उच्च

  •   ३ वर्ष अघि | ४ पुस २०८०, बुधबार

पुस ४, काठमाडौँ। आज बुधबार सेयर बजारको परिसूचक नेप्से ३५ अंक(१.६८ प्रतिशत)ले बढेर २१४१ बिन्दुमा बन्द भएको छ ।

आज नेप्सेसँगै अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको छ । आज नेप्सेमा ७ अर्ब ९५ लाख रुपैयाँको कारोबार भएको छ । आजको कारोबार रकम करिब १ वर्षयताकै उच्च हो । आज कुल १६१ कम्पनीको मूल्य बढेको छ भने ७८ को घट्दा ५ कम्पनिको मुल्य स्थिर रहेको छ ।

यस दिन हिमालयन डिस्टिलरी, बोटलर्स नेपाल, फरवार्ड माइक्रोफाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, लिबर्टी इनर्जी, युनाइटेड इदी मर्दी, बलेफी हाइड्रो, बीपी डब्लू लघुवित्त, नेपाल रिपब्लिक मिडिया लगायतका कम्पनिको सेयर मुल्य १० प्रतिशतले बढेको छ । कुमारी धनबृद्धी योजनाको सेयर मुल्य सर्वाधिक ३.८२ प्रतिशतले घटेको छ ।

त्यस्तै आज शिवम् सिमेन्टको सर्वाधीक कारोबार बएको छ।  

आज लगानी र उत्पादनमूलक समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । आज उत्पादनमूलक समूह ७.१ प्रतिशतले बढेको छ भने लगानी समूह ६.९ प्रतिशतले बढेको छ । आज ब्यापार समूह पनि ६.२ प्रतिशत बढेको छ ।

  • न्युज बहार संवाददाता

थप