असार ३१, काठमाडौँ। आज आइतबार घोराही सिमेन्ट इण्डष्ट्रीको आइपिओ बाँडफाँट भएको छ।
आज
दिउँसो कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट मर्चेन्ट
बैंकिङको कार्यालयमा आइपिओ बाँडफाँट भएको हो।
कम्पनीको
आइपिओमा कुल ५ लाख ८१ हजार ५४६ जनाको आवेदन परेको थियो भने बाँडफाँट पछी कम्पनीको आइपिओ १० कित्तादेखि ७० कित्तासम्म आवेदन दिएका ५ लाख ५३
हजार ४४ जनालाई माग अनुसार सेयर पाएका छन्।
आइपिओको
नतिजा लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट साथै कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड
क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सक्ने व्यवस्था रहेको छ।
- न्युज बहार संवाददाता