साउन ८, काठमाडौँ
। करिब २९ महिनापछि सेयर बजार परिसुचक नेप्से २५ सय अङ्कको बिन्दुमाथि पुगेको छ । नेप्से
परिसूचक बिगत लामो लामो समयदेखि ‘बियरिस ट्रेन्ड’मा रहेकोमा आज मंगलबार २५ सय
अङ्कको बिन्दु पार गरेको हो ।
नेप्सेले
यसअघि २०७८ चैत अन्तिममा २५ सय अङ्कको बिन्दु पार गरेको थियो । त्यसयता नेप्से
निरन्तर घट्दै परिसूचक १८१९ अङ्कसम्म आइपुगेको थियो ।
आज यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ४७. ५५ अंकले बढेर २५३५.६४ अङ्कमा पुगेको छ । यो १.९१ प्रतिशतको वृद्धि हो । आज यतिबेला सम्म कारोबारमा आएका १३ वटै उपसमुहमा हरियाली छाएको छ ।
- न्युज बहार संवाददाता