असार
२०, काठमाडौँ। आज साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसुचक नेप्से दोहोरो
अंकले घटेको छ। बुधबार नेप्से ३९.२६ (१.८८ प्रतिशत) अंकले घटेरर २०४९.४४ बिन्दुमा
बन्द भएको छ।
बुधबार
नेप्से परिसूचक घटे पनि अघिल्लो दिनको तुलनामा कारोबार रकम भने बद्धी भएको छ।
गत
कारोबार दिन २ अर्ब ५७ रुपैयाँमा सिमित भएको कारोबार भएकोमा यस दिन बढेर ३ अर्ब ७
करोड ३९ लाख ९२ हजार १२६ रुपैयाँ पुगेको छ।
यस दिन
२७७ वटा धितोपत्रको ८० लाख ९२ हजार ९६९ कित्ता सेयर किनबेच भएको हो।
घटेको सेयर बजारमा बुधबार सिटी होटलको सेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशतले बृद्दी भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घटेको छ। भने यस दिन जीवन बीमा समूहको परिसूचक सर्वाधिक ३.३१ प्रतिशतले घटेको हो।
- न्युज बहार संवाददाता