Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

४ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्दा नेप्सेमा ६.५५ अंकको बृद्धी

  •   ३ वर्ष अघि | २८ मंसिर २०८०, बिहिबार

मंसिर २८, काठमाडौँ । बिहीबार साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ६.५५ अंक (.३२ प्रतिशत)ले बढेर १९९४.६० बिन्दुमा बन्द भएको छ।

यसदिन बजार ०ले बढेर बिहीबार नेप्से बढे पनि अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घटेको छ। 

यस दिन ३०० वटा धितोपत्रको ९६ लाख ३७ हजार ४५५ कित्ता सेयर किनबेचबाट ३ अर्ब १५ करोड १६ लाख ३५ हजार ७५० रूपैयाँ बराबरको सेयर कारोबार भएको हो। यो कारोबार रकम अघिल्तो दिन भन्दा ७५ करोड रूपैयाँ घटेको हो ।

यसदिन ९१ वटाकम्पनि सेयरको मुल्य घटेको छ भने १४० कम्पनीको सेयर मूल्य बढेको छ । १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।  

आज सर्वाधीक १० प्रतिशतले ४ कम्पनीको सेयर मूल्य बढेको छ। यसदिन हिमालयन लघुवित्त, बोटलर्स नेपाल बालाजु, नेपाल रिपब्लिक मिडिया र नेपाल हाइड्रो डेभलपरको सेयर मुल्य १० प्रतिशतले बढेको हो।

यसैगरी, आज सर्वाधिक ४.९८ प्रतिशतले गुराँस लघुवित्तको सेयर मूल्य घटेको छ।

यसदिन नेप्सेमा सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये बाँकी सबै समूहको परिसूचक बढ्दा लगानी, बैंकिङ, लघुवित्त, जीवन बीमा र व्यापार समूहको परिसूचक घटेको छ ।

यसदिन सर्वाधिक १.५१ प्रतिशतले अन्य समूहको परिसूचक बढेको छ भने सर्वाधिक ०.९२ प्रतिशतले व्यापार समूहको परिसूचक घटेको छ।

  • न्युज बहार संवाददाता

थप