असोज २, काठमाडौँ । बैतडीका
गाउँ गाउँमा मौसममा आएको परिवर्तनसँगै भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । स्वास्थ्यकर्मीका अनुसार यहाँका अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य
चौकी, निजी क्लिनिकमा भाइरल ज्वरोका बिरामीको संख्या बढ्न थालेको छ ।
स्वास्थ्य
कार्यालय बैतडीका सूचना अधिकारी विपिन लेखकले पछिल्लो केही सातायता जिल्लाभरिका
स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामीको चाप बढेको जानकारी दिएका छन । उनका अनुसार
मौसममा
आएको परिवर्तनसँगै जिल्लाका गाउँ गाउँमा भाइरल ज्वरोको बिरामीको सङ्ख्या बढेको छ भने
जिल्ला अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये सबैभन्दा बढी भाइरल ज्वरोका
बिरामी हुने गरेका छन् ।
- न्युज बहार संवाददाता