Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

कार्बोहाइड्रेट्स खान छोड्दा शरिरमा के हुन्छ?

  •   २ वर्ष अघि | २५ भदौ २०८१, मङ्लबार

भदौं २५, काठमाडौँ । हामी नेपालीहरूले नियमित खाने पहिलो मुख्य खानेकुरा हो भात । नेपालमा प्राय सबैले भात नै खाने गर्छन । भात पछी नेपालिको मन पर्ने खाना हो रोटी । तरकारीमा आलु सबैको घरमा पक्ने तरकारी हो । यी सबेमा भरपुर मात्रामा कार्बोहाइड्रेट्स  पाइन्छ । हामीले बिहान खाने भात देखि खाजा रोटी तराकारी र  बेलुकाको खानासम्ममा कार्बोहाइड्रेट्स सबैभन्दा बढी हुन्छ ।

हामीले खाइरहेको नियमित खानाबाट कार्बोहाइड्रेट्सको मात्रा बढी प्राप्त हुने हुनाले केही मानिसहरु तौल कम गर्न कार्बोहाइड्रेट्सको सेवन नै बन्द गर्ने कार्बोहाइड्रेट्स खाँदे नखाने गर्छन । कार्बोहाइड्रेट्स  नकाने भन्दा हामीले भात रोटी आलु सबै चिनी सबै छोड्ने गरेका हुन्छौँ । तर तपाइलाई थाहा छ  हामीले कार्बोहाइड्रेट्स खादै नखाँदा के हुन्छ? वा हामिले भात रोटी आलु चिनि जस्ता खाना खान बन्दै गर्दा हाम्रो शरिरमा  के हुन्छ?

अचानक कार्बोहाइड्रेट्स खान छोड्दा हाम्रो शरीरमा सोयिडम (नुन) को मात्र घट्दै जान्छ । जसका कारण शरीरबाट पानी पनि बाहिर जान्छ ।

लो–काब्र्स सेवन वा नो काब्र्सका कारण रगतमा चिनीको मात्रा कम हुन्छ तर यसले हाइपोग्लाइसीमियाको जोखिम बढाउन सक्छ । रगतमा चिनीको मात्रा निकै कम हुँदा यस्तो अवस्था आउन सक्छ ।

शरीरमा कार्बोहाइड्रेटस नभएर फ्याटी एसिडमा चल्न थाल्यो भने यसले सासमार्फत एसीटोनको रुपमा कीटोन्स छाड्न थाल्छ र सासबाट गन्ध आउन सक्छ ।

लो–काब्र्स सेवन वा नो काब्र्सका कारण शरीरको रगतमा चिनीको मात्रा नहुन सक्छ, जसले गर्दा आँखा पनि धमिलो देखिने समस्या हुन सक्छ । त्यस्तै कहिलेकाहीँ सुत्नमा समस्या हुन आउने । थकाई लागेको महशुस हुने र ब्रेन फगको पनि समस्या देखिन सक्छ ।

काब्र्स कम भएको खानेकुरामा फाइबर पनि कम हुन्छन् । जसको कारण कब्जियत हुन सक्छ वा पेटमा बन्ने ग्यासले पाचन प्रणालीलाई बिगार्न सक्छ । पेट फुलेको वा दुखेको जस्तो महसुस हुन्छ। 

  • सृजना प्याकुरेल

थप