Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज वसन्त पञ्चमी अर्थात सरस्वती पूजा

  •   ३ वर्ष अघि | २ फाल्गुन २०८०, बुधबार

फागुन २, काठमाडौँ । आज फागुन २ गते माघ शुक्ल पञ्चमी तिथी अर्थात आज वसन्त पञ्चमी । आज सरस्वती पूजाका दिन देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ । 

सरस्वतीलाई विद्याकी देवी मानिने भएकाले विशेष गरी आज कलाकार, साहित्यकार, पत्रकार, शिक्षक र विद्यार्थीले आ–आफ्ना कला–साधनाका वस्तु कापी, कलम, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्ने गर्दछन । तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि सरस्वतीलाई तारादेवीका रूपमा पनि मान्ने गर्दछन ।

जनविश्वास अनुसार आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ विश्वास रहेको छ । अर्को तर्फ आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता रहेको छ । आजको दिनदेखि बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ ।

  • न्युज बहार संवाददाता

थप