असोज २४, काठमाडौँ । आज बडा दशैँको सातौं दिन
अर्थात फुलपाती । आजको दिन घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँने चलन छ । शास्त्रीय
विधिअनुसार प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात दुर्गापक्षको दिन नवपालुवा
भित्राउने गरिन्छ ।
घटस्थापनाका
दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको पूजा कोठा वा दशैँघरमा
हलेदो,उखु, केराको बोट, बेलपत्र, धानको बाला, जयन्ती, दारिम, मानवृक्ष र अशोकको फूल भित्राउने प्रचलन
रहिआएको छ ।
नेपाल
पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीका अनुसार फूलपाती
भित्राउन साइतको आवश्यकता पर्दैन । गोरखा जिल्लाबाट ल्याइएको फूलपाती काठमाडौँको
बसन्तपुरस्थित हनुमानढोका दरबारको दशैंघरमा भित्राउने परम्परा छ ।
- न्युज बहार संवाददाता