Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज बडा दशैँको नवौँ दिन महानवमी पर्व हर्षोल्लासका साथ मनाइँदै

  •   ३ वर्ष अघि | ६ कार्तिक २०८०, सोमवार

कार्तिक ६, काठमाडौँ । आज आश्विन शुक्ल नवमी अर्थात वडा दशैँको नवौँ दिन महानवमी पर्व हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ ।

आज महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरालाई विभिन्न शक्तिपीठमा लगी चढाइने गरिन्छ ।

महानवमीका दिनमा कोत, दशैँघर र राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा हाँस, बोका, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना, श्रीमद्देवीभागवत, दुर्गा सप्तशती एवं देवी स्तोत्र पाठ गर्ने गरिन्छ ।

आज पशुबलि नदिनेहरुले भने आ–आफ्नो कुल परम्परा अनुसार काँक्रो, घिरौंला, कुभिण्डो, मूला, र जटा नरिवल समेत बलि दिई पायस पनि चढाउने प्रचलन छ ।

महानवमीको अवसरमा नेपाली सेनाका ब्यारेक र गुल्महरुका  साथै हनुमानढोका दरबारमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन रहेको छ । राज्यका तर्फबाट प्रत्येक वर्ष महानवमीका दिन बिहान हनुमानढोकामा ५४ राँगा र ५४ बोकाको बलि दिइने गरिन्छ ।

  • न्युज बहार संवाददाता

थप