माघ १२, काठमाडौँ । आज काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्रीमा झरेको छ । न्यूनतम तापक्रम ३ डिग्रीमा झरेपछी अघिल्ला दिनको तुलनामा काठमाडौँमा आज बढी चिसो महसुस गरिएको छ ।
जल तथा
मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले गरेको मापनमा काठमाडौँको न्यूनतम
तापक्रम ३ डिग्री सेल्सियस रहेको जनाएको छ । यो तापक्रम यस वर्षको हिउँदयाममा
अहिलेसम्मकै कम तापक्रम हो ।
- न्युज बहार संवाददाता