Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

  •   २ वर्ष अघि | १९ बैशाख २०८१, बुधबार

बैशाख १९, काठमाडौँ । आज बुधबार १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै छ ।

विश्वभर आज ‘इतिहास, उपलब्धि र आगामी बाटो’ नाराका साथ श्रमिक दिवस मनाइँदै छ।

आजको अन्तर्राष्ट्रिय श्रमिक दिवसलाई विश्वभरका श्रमिकले एकापसमा ऐक्यबद्धता प्रकट गर्ने र श्रमिक अधिकारको रक्षा तथा प्रवर्द्धनका लागि सबैलाई जागरुक बनाइराख्ने अवसरका रूपमा लिएका छन।  

यस दिवसले मर्यादित हालसम्म भएका काम र मुनासिब ज्यालाको अधिकार स्थापनाका लागि भएका आन्दोलन र उपलब्धिलाई स्मरण गराउने गरेको छ । यस दिनले मजदुरका पक्षमा लाग्न प्रेरित पनि गर्ने गरेको छ ।

प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक तथा नागरिकको रोजगारीको हकलाई सुनिश्चित गरी नेपालको संविधानले त्यसलाई प्रत्याभूत समेत गरेको छ ।

संयुक्त ट्रेड युनियन समन्वय कमिटीले आज मजदूर दिवसका अवसरमा भृकुटीमण्डपमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख अतिथ्यमा विशेष कार्यक्रम आयोजना गर्ने लागेको छ ।

उक्त समारोहअघि नयाँ सडकबाट र्‍यालीको आयोजना

  • न्युज बहार संवाददाता

थप