Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज मार्च १४ का दिन विश्व मिर्गौला दिवस मनाइदैँ

  •   ३ वर्ष अघि | १ चैत्र २०८०, बिहिबार

चैत १, काठमाडौँ । आज बिहिबार अर्थात मार्च १४ तारिकका दिन ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने नाराका साथ विश्व मिर्गौला दिवस मनाइँदैछ । बर्सेनि मार्च १४ गते मिर्गौला सम्बन्धित सचेतना मुलक विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै आएको छ । 

विश्वभर नै मिर्गौला रोगको प्रकोप बढिरहेको समयमा सबैलाई यस्तो रोगको पहिचान तथा उपचार र रोकथामका महत्त्वपूर्ण उपायहरूबारे सचेत गराउने उद्देश्यले मिर्गौला दिवस मनाइने गरिन्छ । यो वर्ष पनि विश्व मिर्गौला दिवसका अवसरमा नेपालमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।  

आज अंग प्रत्यारोपण समाज नेपाल र नेपाल प्रत्यारोपण सोसाइटीले संयुक्त रूपमा कार्यक्रमको आयोजना गरेको छ । आयोजक संस्थाले आज बिहीबार बिहान ७:४५ बजेदेखि रत्नपार्क, शान्ति बाटिकाबाट मिर्गौला पदयात्रा गर्ने जनाएको छ । 

  • न्युज बहार संवाददाता

थप