Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज विश्व क्यान्सर दिवस

  •   ३ वर्ष अघि | २१ माघ २०८०, आइतवार

माघ २१, काठमाडौँ । क्यान्सरविरुद्धको विभिन्न सचेतनामूलक कार्यक्रम गरी आज विश्व क्यान्सर दिवस मनाइँदैछ । हरेक वर्षको फेब्रुअरी ४ तारिखका दिन यो दिवस मनाइन्छ । नेपालमा पनि यस वर्ष ‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔँ स्याहारको’ भन्ने नाराका साथ विभिन्न सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।

सन् २०२२ मा करिब एक करोड व्यक्तिको मृत्यु क्यान्सर रोगका कारण भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले जनाएको छ ।  क्यान्सर रोगबाट हुने मृत्युमध्ये पनि करिब एकतिहाइ सुर्तिजन्य पदार्थको प्रयोग, मदिरा सेवन, मोटोपन, शारीरिक क्रियाकलापको अभ्यास कमी र फलफूल तथा तरकारीको कम सेवनका कारण हुने गरेको डब्लुएचओले जानाएको छ ।

फोक्सोको क्यान्सर रोग सबैभन्दा धेरै देखिने क्यान्सर हो । यो बाहेक प्रोस्टेट, स्तन, कोलोरेक्टम, कलेजो, पेट र मूत्राशयमा क्यान्सर रोग बढी हुने गरेको छ । डब्लुएचओका अनुसार नेपालमा क्यन्सर रोगका बिरामीको यकिन तथ्याङ्क नभए पनि नेपालमा स्तन, पाठेघरको मुख र फोक्सोमा हुने क्यन्सरका कारण धेरै महिलाको मृत्यु हुने गरेको छ भने पुरुषमा पेट, फोक्सो र कलेजोमा क्यान्सर रोग बढी हुने गरेको छ । 

  • न्युज बहार संवाददाता

थप