कार्तिक ५, काठमाडौँ । आज बडा दशैँको आठौँ दिन महाअष्टमी। आज नेपालीहरूले आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन्।
आज बडादसैँको आठौँ दिन महालक्ष्मी, महाकाली र महासरस्वतीको विशेष पूजाआराधना गरिन्छ ।
वैदिक सनातन परम्पराका ग्रन्थमा अनुसार दुर्गा भवानीलाई महाअष्टमीको दिन शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्त्व रहेको छ ।
शास्त्रसम्मतरूपमा आजको दिन कोत, दसैँ घरलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिन्छ । श्रीमद्देवीभागवत, दुर्गा सप्तशती र देवी स्तोत्र पाठ गरिन्छ ।