Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज ४२औँ राष्ट्रिय मगर एकता दिवस

  •   ३ वर्ष अघि | १५ फाल्गुन २०८०, मङ्लबार

फागुन १५, नवलपरासी । आज ४२औँ राष्ट्रिय मगर एकता दिवस विभिन्न कायक्रम गरी मनाइदैँ छ । देशैभरका मगर समुदायले राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदै छन् ।

आज मगर एकता दिवसको अवसरमा मगर समुदायको बाहुल्यता रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)का विभिन्न स्थानहरुमा पनि सांस्कृतिक झाँकी प्रदर्शनलगायतका कार्यक्रम सञ्चालन हुदैँ छन् ।

मगर सङ्घका उपाध्यक्ष इन्द्र फालमगरका अनुसार अन्य समूह तथा नेपाल मगर सङ्घ जिल्ला कार्यसमितिले पालिकास्तरीय कार्यक्रमको आयोजना गरेको छ ।

सबै जिल्लाको जिल्ला मगर सङ्घ, नगर र गाउँपालिकास्तरीय मगर सङ्घसँगै विदेशमा रहेका मगरसँग आबद्ध सङ्घसंस्थाले मगर स्थापना दिवसका अवसरमा स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्ने गरेको उनले बताएका छन ।

  • न्युज बहार संवाददाता

थप