Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आजदेखी यमपञ्चक सुरु, आज काग तिहार मनाइँदै

  •   ३ वर्ष अघि | २५ कार्तिक २०८०, शनिबार

कार्तिक २५, काठमाडौँ । नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आज कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु भएको छ। 

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज  बेलुकी यमदीपदान सुरु गर्नुपर्ने छ। समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले यमपञ्चकको पहिलो दिन आज काग तिहार परेको बताएका छन। आज बेलुकी भने त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुन्छ ।

परिवारका सदस्य सङ्ख्याका आधारमा यमदीपदान गरिन्छ । धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने बताउछन्।

शास्त्रीय विधि अनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने प्रचलन छ ।

भोली अर्थात कात्तिक २६ गते आइतबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाउने र आइतबार नै बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिका अध्यक्ष अधिकारीले बताएका छन ।

अरुणोदयकालअघि आइतबार बिहान अपामार्गसहित स्नान गरिन्छ । यसलाई नरक स्नान पनि भन्ने गरिन्छ । शास्त्रीय मान्यता अनुसार यस दिन बिहान विधिपूर्वक स्नान गरेर बत्ती बाली नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने मानिन्छ ।

कात्तिक २७ गते सोमबार गाईपूजा परेको छ । कात्तिक २८ गते मङ्गलबार गोरुपूजा, हलितिहार, गोवद्र्धनपूजा, बलीपूजा र आत्म (म्ह) पूजा परेको छ । यस दिन गाई, गोवद्र्धन, गोरु र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । शास्त्रीय वचन अनुसार प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने र नेपाल संवत् ११४४ पनि यसै दिनदेखि सुरु हुन्छ ।   

कात्तिक २९ गते बुधबार भाइटीका परेको छ ।  यस दिन बिहान १०:५१ बजे भाइटीकाको उत्तम साइत रहेको छ ।

  • न्युज बहार संवाददाता

थप