Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

अब काठमाडौँको यो स्थानमा पैदल यात्रु आफैँले ट्राफिक लाइट बालेर बाटो काट्न सकिने

  •   ३ वर्ष अघि | ११ मंसिर २०८०, सोमवार

मंसिर ११, काठमाडौँ । अब काठमाडौँको व्यस्त सहर बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि प्रयोगमा आएको छ । आज बिहान १० बजेदेखि ‘पेलिकन क्रसिङ’ भनिने यस प्रकारको ट्राफिक लाइट सञ्चालनमा आएको हो ।

अटोमेटिक ट्राफिक लाइट हाल काठमाडौं उपत्यकाका विभिन्न चोकहरुमा जडान गरिएको छ ।

महानगरका ट्राफिक सल्लाहकार जगतमान श्रेष्ठले जिल्ला अदालत बबरमहलस्थित अगाडिको सडकमा भने १० लाख रुपैयाँ लागतमा पैदलयात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधिको क्रसिङ राखेको बताएका छन ।

श्रेष्ठका अनुसार ट्राफिक बत्तीमा पैदलयात्रुले स्वीच थिचेको २ मिनेटमा रातो बल्छ र गाडी रोकिन्छन् अनि यात्रुले बाटो पार गर्छन्। त्यसको केहीबेरमा ट्राफिक बत्तीमा हरियो बत्ती बल्छ अनि गाडी अगाडि बढ्छ।

यस्तो पेलिकन क्रसिङले पैदल यात्रुलाई जम्मा गर्ने र एकैचोटी बाटो क्रस गराउने काम गर्ने गर्दछ । यो आवश्यकताको आधारमा मात्रै लाइट बाल्ने प्रविधि जडान गरिएको हो ।

 

  • न्युज बहार संवाददाता

थप