Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

मुस्लिम धर्मावलम्बीहरूले आज ईद उल फित्र (ईद) पर्व मनाउँदै

  •   २ वर्ष अघि | २९ चैत्र २०८०, बिहिबार

चैत २९, काठमाडौँ । मुस्लिम धर्मावलम्बीहरूले आज ईद उल फित्र (ईद) पर्व धुमधामका साथ मनाउँदै छन ।

सरकारले आज परेको ईदको अवसरमा सार्वजनिक बिदा समेत दिएको छ ।

इस्लामिक पात्रोअनुसार मनाइने सबैभन्दा ठूलो पर्वमध्ये एक हो ईद । महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यसॅंगै ईद पर्व मनाइन्छ । ईद उल-फित्रको अर्थ पनि व्रत समाप्त गर्ने पर्व भन्ने बुझिन्छ ।

अल्लाह (भगवान्) का नाममा विशेष नमाज (प्रार्थना) गर्ने ईद पर्वमा इस्लाम परम्परा रहेको छ ।

  • न्युज बहार संवाददाता

थप