Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

कोभिड–१९ को सब भेरियन्ट जेएन.१ को जोखिम बढेको भन्दै सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह

  •   ३ वर्ष अघि | १८ पुस २०८०, बुधबार

पुस १८, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को सब भेरियन्ट जेएन.१ को जोखिम बढेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

अहिले कोभिड—१९ को सब भेरियन्ट जेएन.१ संक्रमण दर उच्च रहेको छ ।

यसको संक्रमण पुष्टि छिमेकी देश भारतमा पनि भइसकेको छ । नेपालमा हालसम्म पुष्टि नभइसकेको भए पनि संक्रमण फैलिने जोखिम भने उच्च रहेको छ । भिडभाड हुने स्थानमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न, मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम राख्न र हात सरसफाइमा विशेष ध्यान दिन त्यसैले स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

सीमा नाकाहरुमा छिटपुट मात्रामा कोभिड–१९ को संक्रमणका केसहरु देखिरहेका छन् ।

  • न्युज बहार संवाददाता

थप