Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

हेर्नुस यस वर्षको भाइटीकाको शुभ साइत

  •   ३ वर्ष अघि | २० कार्तिक २०८०, सोमवार

कार्तिक २०, काठमाडौँ । २०८० सालको भाइटिकाको शुभ साइत सार्वजनिक भएको छ । यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधबार १०:५१ बजेको रहेको छ । 

भाइटीकाका दिन दिनभर दिदीबहिनीका हातबाट टीका लगाउन शुभ रहेता पनि भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधबार १०:५१ बजे शुभ रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको हो । 

समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलका अनुसार साइत खोज्नेका लागि १०:५१ बजेको साइत दिइएको हो ।

शास्त्रीय नियम अनुसार राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने हुन्छ । 

  • न्युज बहार संवाददाता

थप