बैशाख २१, काठमाडौँ
। बाँकेको बैजनाथ गाउँपालिमा खोपको अभाव
भएको छ । बैजनाथ
गाउँपालिमा बालबालिकालाई
नियमित दिइने डीपीटी खोप र पोलियोको अभाव भएको हो । नियमितरुपमा एक वर्षभित्रका
बालबालिकालाई लगाउने खोप डीपीटी तथा खुवाउने
पोलियो अभाव भएको हो ।
स्थानीयको
गुनासो अनुसार गत चैत्र २० गते नियमित रूपमा लगाउनु पर्ने डीपीटी खोप हाल एक महिना
हुँदासम्म पनि नपाइएको हो ।
बाँके
जिल्ला कार्यालयले डीपीटी खोप र पोलियो उपलब्ध गराउन नसक्दा आफूले सेवाग्राहीलाई
उपलब्ध गराउन नसकेको गाउँपालिका स्वास्थ्य तथा सामाजिक विकास शाखाका सिनियर अहेब
अधिकृत लक्ष्मण राज शाहीले बताएका छन ।
- न्युज बहार संवाददाता