Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज भाइटिका कता फर्किएर, कसरी लगाउँदा शुभ हुन्छ?

  •   ३ वर्ष अघि | २९ कार्तिक २०८०, बुधबार

कार्तिक २९, काठमाडौँ । आज भाइटिका दिदिबहिनिले दाजुभाइलाई पुज्ने दिन । ‘निधारमा लर्काएर सप्तरंगी टिका’ भन्ने गितमा भने जस्तै दाजुभाइको निधारमा सप्तरंगी टिका र गलामा माला लगाइने दन । तर, के तपाइँलाई थाहा छ शास्त्रीय मान्यताको कुरा?  शास्त्रीय मान्यता भने आम धारणा र चलनचल्तीभन्दा भिन्न रहेको छ । शास्त्रका अनुसार तिहारमा सप्तरंगी होइन, पञ्चरंगी टीका लगाउनुपर्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले भाइटीकाका दिन सेतो, रातो, हरियो, पहेँलो र नीलो गरी पाँच रंगको टीका लगाउने भनेर शास्त्रमा लेखिएको बताउँछन् ।

तर परम्पराअनुसार नै धेरै स्थानमा सात रंगका (सप्तरंगी) टीका लगाइदिने चलन पनि रहेको छ ।

भाइटीका लगाउँदा लगाइदिने र लगाउने व्यक्ति कुन दिशामा फर्किने भन्ने कुराको पनि ख्याल गर्नुपर्ने हुन्छ । टीका थाप्न अर्थात टिका लगाउन बसेका व्यक्तिले चन्द्रमालाई सम्मुख वा दायाँ तिर पार्नुपर्ने हुन्छ ।

पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा.डा. देवमणि भट्टराईका अनुसार यस वर्ष भाइटीका लगाइमाग्ने दाजुभाइ पूर्व र लगाइदिने दिदीबहिनी पश्चिम फर्कनुपर्ने हुन्छ ।

आजको दिन दिदीबहिनी दाजुभाइहरुले एकअर्कालाई टीका र माला लगाइदिएर , ऐश्वर्य, येश, समृद्धि र दीर्घायुको कामना गर्ने गर्दछन।

  • न्युज बहार संवाददाता

थप