Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

देशभरका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रीदैँ

  •   २ वर्ष अघि | ६ फाल्गुन २०८१, मङ्लबार

फागुन ६, काठमाडौँ । आफ्ना माग पूरा नभएको भन्दै नेपाल चिकित्सक संघले आन्दोलन गर्ने जनाएको छ ।

सरकारलाई दिएको ४८ घण्टाको समयभित्र आफ्नो माग पूरा नभएपछि संघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

बुधबार र बिहीबार देशभरका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले आफ्नो संस्था अगाडि कालोपट्टी बाँधेर कार्यालय समयको पहिलो एक घण्टा धर्ना दिने कार्यक्रम रहेको संघद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

संघका अनुसार निकासका लागि सरकारले सम्बोधन नगरेमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने कार्यक्रम बनाइने छ ।

  • न्युज बहार संवाददाता

थप