माघ १६, काठमाडौँ
। देशभरका सम्पूर्ण सरकारी कार्यालय आजदेखि अपराह्न ५ बजेसम्म खुल्ने भएका छन् । २०७९
साल चैत २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी माघ १६ गतेदेखि कार्यालय समय
बिहान १० देखि अपराह्न ५ बजेसम्म हुने सरकारले जनाएको थियो। सोही सुचनाका अनुसार आजदेखि कार्यालय
समय १० बजेदेखि ५ बजे सम्म हुने छ ।
गत
कात्तिक १६ गतेदेखि यही माघ १५ गतेसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म सरकारले कार्यलय
समय तोकेको थियो भने वैशाख १ देखि कात्तिक १५ गतेसम्म र माघ १६ देखि चैत मसान्तसम्म
कार्यालय समय साँझ ५ बजेसम्म सञ्चालन हुनेछन् ।
त्यस्तै गृहमन्त्रालयले
शुक्रबारका दिन बिहान १० देखि अपराह्न ३ बजेसम्म कार्यालय खुल्ला रहने जनाएको छ भने
सरकारले दिउँसो १:३० देखि २ बजेसम्म खाजा खाने समय निर्धारण गरेको छ ।
- न्युज बहार संवाददाता